पहिलो हाफमा अष्ट्रेलियाललाई दुई गोलको अग्रता

प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ को छनोट अन्तर्गत नेपाल र अष्ट्रेलिया बिच भइरहेको खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको समाप्तीमा अष्ट्रेलियाले १० खेलाडीमा समेटिएको नेपालमाथि २-० गोलको अग्रता लिएको छ ।

अष्ट्रेलियाको लागि मात्थेउ लेकी र फ्रान कारासिकले एक/एक गोल गरे । छैटौं मिनेटमा अजिज बेहिचको क्रसमा मात्थेउले हेडिङ गोल गर्दै अष्ट्रेलियालाई खेलमा अगाडि बढाएका हुन् । यस्तै ३८ औं मिनेटमा मात्थेउको पासमा फ्रान कारासिकले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । याको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । बोयललाई डि-बक्स बाहिर वान भर्सेस वानको अवस्थामा फवल गरेको कारण रेफ्रीले नेपालका डिफेन्डर रोहित चन्दलाई सिधै रातो कार्ड दिएका थिए ।

दोस्रो हाफ केहिबेरमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *