मन्त्रिपरिषद विस्तार सत्तालिप्साको चरम बेथिति : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले काम चलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु पद्धतिमाथिको घात भएको टिप्पणी गरेका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत रावलले यो सत्तालिप्साको चरम बेथिति र मन्त्रिपरिषदको गम्भीर अवमूल्यन भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘काम चलाउ प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् विस्तार गरिएको विषयको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकै स्थितिमा मन्त्रिपरिषद्को पुनः विस्तार जसरी गरियो त्यसले संविधानको मर्म,लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि घात गरेको छ । यो सत्तालिप्साको चरम बेथिति र मन्त्रिपरिषदको गम्भीर अवमूल्यन हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद विस्तार गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *