अष्ट्रेलियाविरुद्व नेपालको शुरुवाती ११ को घोषणा

प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत आज अष्ट्रेलिया विरुद्व हुने खेलको लागि नेपाली टोलीको शुरुवाती ११ को घोषणा भएको छ । अब्दुलाह अल्मुताइरीले जोर्डनसँग खेलेको टोलीमा एक परिवर्तन गर्दै शुरुवाती ११ को घोषणा गरेका हुन् ।

जोर्डनसँगको खेलमा शुरुवात गरेका बिकाश खवासको स्थानमा गौतम श्रेष्ठ आएका छन् । बिकासले पछिल्लो खेलमा चोट बोकेका थिए । अल्मुताइरीले टिमलाई ४-३-३ को फर्मेसनमा मैदान उतारेका छन् । टोलीको कप्तानी किरण चेम्जोङले समाल्नेछन् । खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

नेपालको शुरुवाती ११ :-

किरण कुमार लिम्बू;
सुमन अर्याल, रोहित चन्द, अनन्त तामाङ, गौतमा श्रेष्ठ;
एरिक विष्ट , पुजन उपरकोटी, विशाल राई;
सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल

Leave a Reply

Your email address will not be published. Required fields are marked *