सभामुख राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुसँग छलफलमा, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौँ । सभामुख अग्नि सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूसँग समसामयिक विषयमा छलफल सुरु गरेका छन् ।

संसद भवन नयाँबानेश्वरमा बोलाइएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइए पनि उनी भने उपस्थित छैनन् । दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि सभामुखले पूर्वसभामुख र कानुन व्यवसायीसँग परामर्श गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *