सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा पूर्वप्रधानमन्त्रीहरु तथा दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । सभामुखले आज दिउँसो दुई बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बोलाएका हुन्  ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ । बैठकमा प्रधानमन्त्री ओली भने नजाने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु र कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए । प्रतिनिधिसभा विघटनको विरुद्धमा असाधारण कदम चाल्ने बताएका सापकोटाले छलफल र परामर्शलाई निरन्तरता दिइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *