विनाल्डम पिएसजीमा अनुबन्ध

प्रज्जवल थापा । लिभरपुलका मिडफिल्डर जोर्जिन्हो विनाल्डम फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) मा अनुबन्ध भएका छन् । लामो समयदेखि बार्सिलोनासँग नजिक रहेका विनाल्डमले पिएसजीसँग तीन वर्षको सम्झौता गरेका हुन् ।

उनलाई पिएसजीले फ्रि-ट्रान्सफरमा भित्र्याएको हो । २०१६ मा न्युकेस्चल युनाइटेडबाट लिभरपुल भित्रिएका विनाल्डम क्लबमा मुख्य खेलाडी रहँदै आएका थिए । ३० वर्षिय मिडफिल्डरलाई लिभरपुलले क्लबमै राख्न चाहएपनि सम्झौता नविकरण गर्न नसक्दा गुमाउन पुगेको हो । उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा लिभरपुलले २०१९ मा च्याम्पियन लिग र २०१९/२० सिजनमा घरेलु लिगको उपाधि उचालेको थियो ।

नेदरल्यान्ड्सका खेलाडी विनाल्डम राष्ट्रिय टोलीको लागिपनि महत्त्वपूर्ण रहँदै आएका छन् । उनले देशबाट ७५ खेल खेल्दै २२ गोल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *