मुस्लिम आयोगका पूर्वसदस्य मियाँको निधन

तनहुँ । मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको बिहीबार बिहान ५ बजे निधन भएको हो । मियाँ नेपाली काङ्ग्रेसका वडा सभापति समेत थिए ।

बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *