राष्ट्रसंघीय महासचिव गुटरेसद्वारा अफगानिस्तानमा भएको हत्याको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थमाथि भएको हमलाको निन्दा गरेका छन् । उनले अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको सो हमलाको निन्दा गरेका हुन् । उत्तरी अफगानिस्तानमा शान्ति कायम गर्ने क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था एचएएलओका कर्मचारीमाथि सो हमला भएको थियो ।

उक्त हमलामा परी सो संस्थाका कम्तीमा पनि १० जना कर्मचारीको ज्यान गएको थियो । साथै हिंसात्मक हमलामा परेर अरु १६ जना कर्मचारी घाइते भएका छन् ।

उक्त संस्थाले उत्तरी अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमको संयोजकका रुपमा काम गरिरहेको छ । यहाँ प्रायः तालिबान लडाकूहरुले सडकमा विस्फोटक पदार्थ बिच्छाउने गरेकाले त्यसका विरुद्धमा नागरिकलाई सचेत गराउने र त्यस विस्फोटमा परी घाइते भएका नागरिकलाई उपचारको व्यवस्था गर्ने काममा सो संस्थाले काम गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय कार्यक्रमका कर्मचारीलाई यसरी हमला गरी हत्या गर्नु भनेको शान्ति विरोधी कार्य भएको भन्दै महासचिव गुटरेसले त्यसको विरोध गरेका हुन् । उनले नागरिकका अधिकारका क्षेत्रमा काम गर्ने यस्ता संस्थामाथि गरिएको हमला जघन्य अपराध हो भन्दै त्यसमा संलग्नलाई सख्त कारबाही गर्न माग गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *