प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तारको तयारी, गृहमा खगराज अधिकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्रीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

एमाले नेता विष्णु रिजालले सामाजिक संजालमार्फत आज मन्त्रिपरिषद विस्तार हुने जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘आज ४ बजे शपथ ग्रहण गर्न लाग्नुभएका सात मन्त्री र एक राज्यमन्त्रीलाई अग्रिम शुभकामना । विभागकै जिम्मा नपाए पनि यसपटक कर्णालीले समेत क्याबिनेट देख्ने मौका पाएछ ।’

गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गर्न लागिएको बताइएको छ ।

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको बताइएको छ । यसअघि शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १० जनालाई मन्त्री बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *