भारतमा थप ९३ हजारलाई कोरोना संक्रमण

कोरोना भाइरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा दैनिक संक्रमितको संख्या एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविक रूपमा बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी ६ हजार १३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ ।

यसैबीच, भारतमा आज ९३ हजार ८९६ जनामा संक्रमण भएको छ । हालसम्म २ करोड ९१ लाख ८२ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, भारतमा ११ लाख ८३ हजार ४७५ जना संक्रिय संक्रमित छन् भने २ करोड ७६ लाख ३८ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यसैगरी, विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १५ हजार ५३६ जना संक्रमित भएका छन् भने १३ हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमणका कारण ३७ लाख ७६ हजार २६१ जनाको मृत्यु भएको छ भने १५ करोड ८६ लाख ६२ हजार ६१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, कोरोना भाईरस संक्रमितको संख्या १७ करोड ५१ लाख ५८ हजार ७५० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *