ब्रुनो फर्नान्डेज चम्किदा पोर्चुगलको शानदार जित

प्रज्जवल थापा । युरोकप-२०२० को तयारीमा रहेको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा क्रिस्टियानो रोनाल्डो र जोए कान्सेलोले एक/एक गोल थपे । खेलको ४२ औं मिनेटमा कान्सेलोको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा ब्रुनोकै पासमा रोनाल्डोले गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २-० गोलको अग्रता दिलाए ।

८६ औं मिनेटमा जोए कान्सेलोले गोल गर्दै पोर्चुगललाई ३-० गोलले अगाडि बढाए । खेलको अन्तिम मिनेटमा ब्रुनो फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४-० गोलको शानदार जित दिलाए ।

पोर्चुगलले जुन १५ मा हंगेरीसँग खेल्दै युरोकपको शुरुवात गर्नेछ । पोर्चुगलको समुहमा हंगेरी, फ्रान्स र जर्मनी रहेका छन् । यस समूहलाई ‘ग्रुप अफ डेथ’को रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *