खेलाडीको खेल भत्ता बढाउने नेपाल क्रिकेट संघको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो ।

कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार रुपैयाँ भत्ता पाउने छन् । यसअघि टी २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा पाँच हजार रुपैयाँ भत्ता पाइन्थ्यो । यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको पाँच हजार र टी २० प्रतियोगितामा तीन हजार पाउनेछन् ।

खेलाडीले बन्द प्रशिक्षणमा दैनिक पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । घरेलु प्रतियोगिता हुँदा खेलाडीले पाँच सय भत्ता पाउने क्यानले जनाएको छ । क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *