प्रदेश दुईका मुख्यमन्त्री राउतद्वारा महन्थ पक्षका चारमन्त्री पदमुक्त

जनकपुरधाम । प्रदेश दुई सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित ४ जना मन्त्री पदमुक्त भएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ मन्त्री सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन्।

मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएकोबारे प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई जानकारी गराएपछि प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूची समेत प्रकाशित गरेको छ । बर्खास्त भएका सबै मन्त्री महन्थ ठाकुर पक्षका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *