USAID

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु

धनुषा । धनुषाको पोर्ताहामा बिग्रेर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना४त १६८२ नम्बरको ट्याक्टरमा पूर्व दिशाबाट आएको रा६प २८६३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको बताइएको छ ।

मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएका इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *