नेपालसहित एसियाली देशलाई ७० लाख डोज खोप उपलब्ध गराउने अमेरिकी राष्ट्रपतिको घोषणा

काठमाडौं । कोभिड–१९ को महामारीसँग लडिरहेको यो समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड–१९ खोप सहयोगको घोषणा गरेका छन् ।

नेपाली समय अनुसार बिहीबार राति खोप सहयोगको घोषणा गरिएको हो । कोभ्याक्समार्फत विश्वव्यापी खोप पहुँचका लागि अमेरिकाले गरिरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज खोप प्राप्त गर्ने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । जसमा नेपाल, भारत, बाङ्लादेश, पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, ताइवानलगायत १६ देश छन्।

त्यस्तै ६० लाख मध्य र दक्षिण अमेरिकी राष्ट्रका लागि छुट्याएको छ। ५० लाख डोज अफ्रिकी मुलुकलाई दिने अमेरिकी योजना छ। ६० लाख डोज खोप चाहिँ क्षेत्रीय र विकास साझेदारको लागि छुट्याएको छ।

नेपालले अमेरिकासँग ५० लाख डोज खरिदका लागि आग्रह गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र लेख्दै खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *