राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेज

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज गरिएको छ। जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो।

संसद सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरेको थियो। बिहीबार बसेको प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै उनको सांसद पद खारेज भएको हो।

यसअघि उनलाई पार्टीको निर्णय विपरीत काम गरेको भन्दै १ वर्षका लागि साधारण सदस्यबाट निस्कासित गरिएको थियो। त्यसअघि उनलाई पार्टीले कारवाही गर्दै दलको नेता र केन्द्रीय कमिटीबाट पनि हटाएको थियो।

गण्डकी प्रदेशमा सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय जनमोर्चाका सांसद नै पार्टी भित्र विभाजित थिए। सांसद कृष्ण थापा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पक्षमा थिए। तर, दुई सांसद नयाँ सरकारको पक्षमा थिए। प्रदेशमा सांसद थापाको पद खारेज भएसँगै सभामा ५९ सांसद रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *