भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३३ हजारलाई कोरोना संक्रमण, दुई लाख भन्दाबढी संक्रमणमुक्त

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३३ हजार ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८९७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै सोही अवधिमा २ लाख ११ हजार ७५० जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार छ । भारतमा हालसम्म ३ लाख ३७ हजार ९८९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *