पर्सामा जेठ ३० गतेसम्म निषेधाज्ञा थप

वीरगंज । कोरोना सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न स्थानीय प्रशासनले जिल्लामा जारी निषेधाज्ञालाई १० दिनका लागि थप गर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बुधबार बसेको बैठकले पर्सामा जारी जेष्ठ २० गते राति १२ बजेसम्म रहेको निषेधाज्ञालाई ३० गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमणको श्रृङ्खला तोड्न र फैलिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्दै सङ्क्रमितको उचित उपचार तथा व्यवस्थापन गर्न १० दिनका लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको छ ।

बैठकले अत्यावश्यक काम नभए घरमै बस्न जिल्लावासीलाई अपील गर्दै नेपाल सरकारले निर्धाण गरेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवामा प्रयोग हुने र जिल्ला प्रशासन कायालयले अनुमति दिएकाबाहेका दुई पाङ्ग्रेसहित सबै सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *