ढुङ्गा, गिट्टी,बालुवा निकासी गर्ने सरकारको निर्णय रोकेरै छाड्छौंः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको बताएका छन् ।

सामाजिक संजालमार्फत थापाले यसबाट वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ भन्ने कुरा प्रस्ट भएको भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ’नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ । वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ ।’

थापाले यसलाई नीतिगत भ्रष्टाचार भएको भन्दै यो निर्णयलाई रोकैरे छाड्ने बताएका छन् । थापाले भने, ‘यो ‘नीतिगत भ्रष्टाचार हो’। आफ्ना ’यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनःछर्लङ्ग भएको छ । चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ । अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै।आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गर्दछु।’

अहिलेको सरकारले बजेटको नम्बर १९९ मा खनिज पदार्थ निकासीको प्रतिबन्ध फुकुवा गर्ने उल्लेख छ । खनिज पदार्थ निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्ने सरकारको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *