विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।

थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो । विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमासमेत चिनिन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *