तातोपानी आइपुग्यो ठूलो मात्राको चिनियाँ अनुदानको स्वास्थ्य सामग्री

काठमाडौँ । चिनियाँ अनुदानको ठूलो मात्राको स्वास्थ्य सामग्री तातोपानी नाका आइपुगको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले आज प्राप्त स्वास्थ्य सामग्रीहरुमा ८ सय अक्सिजन सिलिण्डर, २ सय आइसियु शय्या, ४५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनले एन्टिजिन किट १५ हजार, अटोमेटेड एनलाइजर २० थान, अल्ट्रासाउण्ड मेसिन २० वटा, एनेस्थेसिया मेसिन ३० वटा र डाक्टर मेसिन १० वटा पनि तातोपानीमा पुर्याइदिएको छ ।

ताताेपानीमा आज नेपालले बुझेका सबै स्वास्थ्य सामग्री चीनकाे तिब्बत जनसरकारले पठाएकाे ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले बताए । केही दिनअगाडि ती सामग्री तिब्ब्त सरकारले नेपाली महावाणिज्यदूतावास परिसरमा महावाणिज्यदूत ढकाललाई हस्तान्तरणा गरेकाे थियाे ।

परराष्ट्रमन्त्रालयले चीन सरकार र चिनियाँ जनतालाई उदार सहयोगको लागि धन्यवाद पनि दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *