प्रधानमन्त्री र राष्ट्रपतिले अतिलज्जास्पद खेल खलेको वरिष्ठ अधिवक्ता थापाको आरोप

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले एउटा किचेनमा बसेर हरहिसाब गरी अतिलज्जास्पद खेल खेलेको आरोप लगाएका छन् ।

बिहीबार सभामुख अग्नि सापकोटाले कानुनविदहरुसँग गरेको छलफलमा वरिष्ठ अधिवक्ता थापाले संविधानसभाबाट बनेको संविधानलाई कुनै शासकले मार्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘एउटा किचनमा प्रधानमन्त्री र राष्ट्रपति बसेर अंकगणित गरेर उहाँहरुको जुन खेल खेल्नु भएको छ यो अतिनै लज्जास्पद छ । कुनै पनि हालतमा म सत्ता छाड्दिन भन्नु भाछ प्रधानमन्त्रीले । यो भन्दा उपहास के हुन्छ ?’ सर्वोच्चले दिएको फैसलाको प्रक्रिया सुरु नभएको अवस्थामा संसद विघटन गरेको भन्दै थापाले कस्तो प्रकारको प्रधानमन्त्री र राष्ट्रपति हुनुहुन्छ भन्ने सर्वोच्चले परीक्षण गर्नुपर्ने बताए ।

उनले अदालतसँग उसको कुनै शक्ति, पक्ष र इच्छा नहुने भन्दै उनले अदालतले कानुन हेरेर फैसला गर्ने बताए । उनले भने, ‘यो संविधान संविधानसभाले बनाएको हो । यो अर्को प्रक्रियाबाट बन्ने अवस्था छैन । यसलाई मार्न कुनै पनि प्रक्रियाबाट शासकहरुले सक्दैनन् । यसलाई संशोधन गर्नुपरे संसदमै जानुपर्छ । संसद प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । कानुन नमान्नेहरु सरकारमा हुनुहुन्छ । उहाँहरुसँग द्वन्द्व गरेका छैनौं । पर्यो भने जनमत पुष्टि गर्नपर्छ । एउटा किचनमा प्रधानमन्त्री र राष्ट्रपति बसेर अंकगणित गरेर उहाँहरुको जुन खेल खेल्नु भएको छ यो अतिनै लज्जास्पद छ । निष्ठावान न्यायाधी हुनुहुन्छ अदालतमा । अदालतमा लामो जोडघटाउ गर्नुपर्ने अवस्था छैन । अगाडि सर्वोच्चले दिएको फैसलाको प्रक्रिया सुरु नभएको अवस्थामा संसद विघटन गरेको छ । कस्तो प्रकारको प्रधानमन्त्री र राष्ट्रपति हुनुहुन्छ भन्ने सर्वोच्चले परीक्षण गर्नुपर्ने छ । राष्ट्रपतिकहाँ कागज पुगेपछि अर्को सृष्टि गर्ने अधिकार राष्ट्रपतिकहाँ कहाँबाट आयो ?’
उनले सभामुखलाई आवश्यक परे जुनसुकै कदम चाल्न तयार छु भनेर क्रियाशील रहन सुझाव दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *