काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले आफ्नो पार्टीकाे एकता जोगाउन अन्तिम समयसम्म इमान्दार प्रयत्न गरिरहने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता विष्टले भने, ‘नेकपा एमाले र जनसङ्गठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ ।’
नेत विष्टले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नसक्ने पनि उल्लेख गरेका छन् ।
नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ ।
— Gokarna Bista (@GokarnaRajBista) May 27, 2021
