काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्राईले जानकारी दिएका छन् ।
पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए । अब उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।
यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका छन् ।
कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागी सरकारले अध्यादेश मार्फत CCMC को पुनर्गठन गरि प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति र CEO मा पूर्व रथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । Specific issue deal गर्न specific agency प्रभावकारी भएको अनुभवको आधारमा यस्तो व्यवस्था गरिएको हो
— Rajan Bhattarai (@Rajanktm) May 24, 2021