क्याम्पसहरुलाई वैकल्पिक विधिबाट परीक्षा लिन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अपील गरेको छ ।

सोमबार विज्ञप्तिमार्फत त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गरेका हुन् । विज्ञप्तिमा वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्यालयको सम्पर्कमा आउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *