हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पदः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले आफूहरुलाई पार्टीबाट निस्कासन गरियो भन्न हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् ।

एमालेको स्थायी कमिटी बैठकले ११ जना नेतालाई कारबाहीको निर्णय गरेपछि प्रतिक्रिया दिँदै रावलले यसलाई केपी गुटको फुटवादकै निरन्तरता भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ । यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *