USAID

कंगोमा ज्वालामुखी विस्फोटमा परी १५ जनाको मृत्यु


कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो ।

त्यसमा परेर कम्तीमा पनि १५ जनाको मृत्यु भएको प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा १५ जनाको ज्यान गएको थियो ।

कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए ।यसरी भाग्ने क्रममा नौ जना दुर्घटनामा परेका थिए भने दुई जना जलेका थिए । त्यसैगरी चार जना जेल तोडेर भाग्ने प्रयास गरेका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *