USAID

सिद्धबाबा सडक खण्डमा सुरूङ मार्ग बनाउन टेन्डर आह्वान


काठमाडौं । सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरूङ मार्ग बनाउन टेन्डर आह्वान गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयले ४५ दिनको समय सीमा तोकेर सूचना प्रकाशित गर्दै टेन्डर आह्वान गरेको हो ।

गतवर्ष नै अर्थ मन्त्रालयले सुरूङ मार्ग बनाउन १० अर्ब १५ करोडको बजेट स्वीकृत गर्दै र सोही बजेटको सीमाभित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको थियो।

आइतबार ग्लोबल टेन्डर आह्वान गरिएपछि अब सुरूङ मार्ग निर्माण हुने पक्का भएको हो । सुरूङ मार्ग निर्माणपछि धुले र हिलो पहिरोमा परी यात्रुहरूले उक्त सडक खण्डमा अकालमा ज्यान गुमाउने समस्याको अन्त्य हुने छ ।

सुरूङ मार्ग निर्माणको लागि निरन्तर प्रयत्न गर्दै आएका अर्थमन्त्री बिष्णु पौडेलले सिद्धबाबा सडकमा सुरूङ मार्ग निर्माणका काम गर्न ब्रेकथ्रु भएको भन्दै खुसी व्यक्त गरेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *