USAID

निर्वाचनको तयारीमा जुट्न आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

त्यसक्रममा प्रधानमन्त्रीले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेकी छन् ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *