काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरी राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको बताएका छन् ।
शनिबार सामाजिक संजालमार्फत वरिष्ठ नेता खनालले यस कदमको विरोध गर्दै प्रतिवादका लागि सबैलाई आह्वान गरेका हुन् । उनले भनेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’