एथ्लेटिकोलाई ७ वर्षपछि लिग जित्ने अवसर

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाको उपाधिको टुङ्गो आज लाग्दैछ । लिगको अन्तिम चरणको खेलमा आएर उपाधिको टुङ्गो लाग्न लाएको हो । उपाधि होडमा रहेका एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिडले क्रमश: रियल भाल्लाडोलिड र भिल्लारियलको सामना गर्नेछन् । दुवै खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

उपाधि जित्नको लागि एथ्लेटिको केही सहज अवस्थामा छ भन्दा फरक पर्नेछैन । किनभने स्पष्ट जितले मात्र एथ्लेटिकोले उपाधि उचाल्नेछ भने रियलले उपाधि जित्नको लागि भिलारियललाई पराजित गर्नुपर्नेछ र एथ्लेटिको म्याड्रिडले भाल्लाडोलिडसँग अङ्क गुमाउनुपर्नेछ ।

यसअघि एथ्लेटिकोले २०१४ मा लिग जितेको थियो । पछिल्लो चार खेलमा अपराजित रहेको एथ्लेटिको आजको खेल जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । यता रेलिगेसनबाट बच्न संघर्षरत भाल्लाडोलिडलाईपनि जितको आवश्यकता रहेको छ । त्यसैले यस खेललाई फाइल खेल भन्दा फरक पर्नेछैन । भाल्लाडोलिडले आफ्नो पछिल्लो ५ खेलमा जित निकाल्न सकेको छैन ।

यता उपाधि होडबाट बाहिरिसकेको बार्सिलोनाले इबारको सामना गर्दैछ । बार्सिलोना अन्तिम खेलमा जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ भने दोस्रो डिभिजनमा झर्ने पक्का भैसकेको इबार सकारात्मक नतिजाको अपेक्षामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *