संसद विघटन र निर्वाचन घोषणापछिको परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं । संसद विघटन र निर्वाचन घोषणापछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्दैछ । अहिले बिहान ११ बजेपछि प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल पक्षर र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी भण्डारीले कात्तिकमा २६ पहिलोचरण र मंसिर ३ गते दोस्रो चरणको चुनाव घोषणा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *