सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिको मिसन संसद र संविधानको हुर्मत लिनु थियो, लिएः नेता थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् । संसद विघटनपछि ट्विट गर्दै नेता थापाले ‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यही र यत्तिमै नरोकिने’ भएकोले सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘नेतागण! नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’

प्रधानमन्त्री ओली र राष्टपति भण्डारीलाई संबिधान र संसद मन नपरेको उल्लेख गर्दै थापाले उनीहरूले संसद र संबिधानको हुर्मत लिने मिसन पूरा गरेको जनाएका छन् ।

थापाले भने, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५)को आव्हान, अनुकुल नभएपछि फेरी विघटन! कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *