काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी नपुगेको भन्दै राष्ट्रपतिले गरेको निर्णयलाई ‘मध्यरातको डकैती’ रहेको टिप्पणी गरेका छन् ।
केपी ओली नेपालीले आफ्नो संविधान बनाएको मन नपराउने शक्तिको गोटी बनेको र राष्ट्रपति भण्डारी ओलीको गोटी बनेको भन्दै नेता पुनले नेपालको संबिधान च्यातिएको र लोकतन्त्रमाथि प्रहार भएको प्रतिक्रिया दिएको छन् ।
नेता पुनले नहुने चुनावको घोषणाले जनभावना कुल्चिने काम भएको उल्लेख गरेका छन् ।
नेपालीले आफ्नो संबिधान बनाएको मन नपराउने शक्तिको डिजाइनमा केपी ओली गोटी बने भने केपीको गोटी बिद्या भण्डारी/ संबिधान च्यातियो,लोकतन्त्रमाथि प्रहार भयो र जनभावना कुल्चिने काम भयो/ नगर्ने चुनावको घोषणा/ भनिन्छ,अति भए,खती हुन्छ/
— Barsha man Pun (@BarshamanPun1) May 21, 2021
मध्यरातमा डकैती गरियो/ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे/
— Barsha man Pun (@BarshamanPun1) May 21, 2021