गैरआवासीय नेपाली संघद्वारा ५६० थान अक्सिजन रेगुलेटर मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघले ५६० थान अक्सिजन रेगुलेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । शुक्रबार मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य विज्ञ महेन्द्र श्रेष्ठलाई रेगुलेटर हस्तान्तरण गरेका हुन् ।

दाताहरुको अनुरोधमा हस्तान्तरण गरिएको रेगुलेटर मन्त्रालयले प्रदेश नं. १, वाग्मती प्रदेश र गण्डकी प्रदेशलाई उपलब्ध गराउने छ ।

हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी, सचिवालय कार्यकारी निर्देशक राजेश राणा, जुनियर अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *