देउवा निवासमा विपक्षी गठबन्धनको सर्वदलीय बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगयतका नेताहरु सहभागी छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि बैठकमा बोलाइएको छ । उनीहरु काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका उनीहरु जुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *