USAID

विश्वमा कोरोना संक्रमणबाट एकैदिन १२ हजार भन्दाबढीको मृत्यु


विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ भने ६ लाख ३५ हजार ८८० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म विश्वभर १६ करोड ५८ लाख ४२ हजार ५९९ मा संक्रमण भएको छ । त्यस्तै, १४ करोड ६५ लाख २० हजार भन्दाकढी संक्रमणबाट मुक्त भएका छन् ।

विश्वभर एकैदिन ६ लाख भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ३४ लाख ४४ हजार ६५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइृसकेको छ । संक्रमितमध्ये १ करोड ५८ लाख ७७ हजार भन्दाबढी सक्रिय संक्रमितको संख्या रहेको छ ।

जसमध्ये ९९ हजार बढीको अवस्था गम्भीर रहेको छ । कोरोनाका कारण विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख २ हजार ६१६ जनाको मृत्यु भएको छ भने ३ करोड ३८ लाख ३३ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २ करोड ६० लाख ३० हजार ६७४ पुगेको छ भने २ लाख ९१ हजार ३६५ जनाको मृत्यु भएको छ । हालसम्म २ करोड २७ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *