काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाटकीय ढंगमा २४ घण्टा पनि समय नदिई प्रधानमन्त्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संविधान विपरित रहेको बताएका छन् ।
राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि शुक्रबार साँझसम्मको समय दिएपछि प्रतिक्रिया दिँदै प्रचण्डले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नाटकीय ढंगमा २४ घण्टा पनि समय नदिई प्रधानमन्त्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संविधान विपरित छ। जब कि प्रधानमन्त्रीले संविधानतः ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो । देश कोरोनाले अक्रान्त भएको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र हुनु नेपाली जनताको निम्ति बिडम्बनाको कुरा हो !’