आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले हामीमा आन्दोलनप्रति न्यूनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउँ रहेको बताएका छन् । एमालेको विवाद समाधान कार्यदलका सदस्यसमेत रहेका भुसालले बिहीबार राति सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘हामीमा आन्दोलनप्रति न्युनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउँ छ । आन्दोलनलाई वर्वाद गर्न आफैं कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ ।’

त्यस्तै , एमाले नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्रको परिस्थितिमा कुनै बदलाव नआएको बताएकी छन् । बिहीबार राति ट्वीट गर्दै पार्टीभित्र अहंकार उस्तै भएकाले अन्यायकाविरुद्ध विद्रोह निश्चित भएको बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने ? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो । तर अहिले पार्टी भित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं । पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन । अहंकार उस्तै छ।अन्यायको विरुद्ध विद्रोह निश्चित छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *