संयुक्त राष्ट्रसंघद्वारा गाजामा युद्धविराम गर्न आग्रह

सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै युद्धविराम गर्न आग्रह गरेको हो ।

सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफका प्रमुखले यस्तो आग्रह गरेका हुन् । गाजामा जारी हिंसाले अवस्था दिन प्रतिदिन गम्भीर भएको उनले बताएका छन् ।

सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोषका कार्यकारी निर्देशक हानरिता फोरले यो हिंसाले यहाँका परिवारहरु मारिएका र घरबारबिहीन भएका जसका कारण यहाँका नागरिकमा परेको समस्याको असर बालबालिकामा परेको बताएका छन् । युद्धग्रसत रहेको क्षेत्र गाजाबाट कम्तीमा पनि ३० हजार जना बालबालिका विस्थापित भएका बताइएको छ ।

प्यालेस्टाइनीहरुको अधिनमा रहेको सो क्षेत्रका ठूलो संख्याका बालबालिका समस्यामा परेको सो कोषको भनाई छ । साथै गाजा क्षेत्रमा बढ्दो हिंसाका कारण यहाँका कम्तीमा दश लाख बालबालिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युद्धको असर परिरहेको पनि उनले बताएका छन् । सो क्षेत्रमा बालबालिकासहित सबै नागरिकका लागि आवश्यक मानवीय सहायता पनि पुग्न नसकेको सयुक्त राष्ट्रसंघीय निकायले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *