प्रधानमन्त्रीमाथि कारबाहीको माग गर्दै कांग्रेसद्वारा आयोगमा उजुरी दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा बिहीबार उजुरी दर्ता गराएको हो ।

उजुरीमा भनिएको छ, ‘निर्वाचन आचार संहिता पालना गर्नु हामी सबैको साझा कर्तव्य हो र स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । आचार संहिता विपरित सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरित भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *