पिएसजीलाई फ्रेन्च कपको उपाधि

प्रज्जवल थापा । युवा फर्वार्ड कालियन एम्बाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मन(पिएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा पिएसजीले मोनाकोलाई २-० गोलले पराजित गर्दै १४ औं पटक फ्रेन्च कपको उपाधि उचालेको हो ।

स्टाडे डि फ्रान्समा भएको खेलमा पिएसजीलाई जित दिलाउन कालियन एम्बाप्पे र माउरो इकार्डीले एक/एक गोल गरे । पहिलो हाफको १९ औं मिनेटमा एम्बाप्पेको पासमा इकार्डीले गोल गर्दै पिएसजीलाई खेलमा अगाडि बढाएका थिए ।

८१ औं मिनेटमा डि मारियाको पासमा एम्बाप्पे आफैले गोल गर्दै पिएसजीलाई २-० गोलको जित दिलाए । जितसँगै पिएसजीले पछिल्लो ७ वर्षमा ६ पटक फ्रेन्च कपको उपाधि जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *