चीनको सिछुवान प्रान्तीय सरकारले काठमाडौँ मै ल्याइदियो एक जहाज स्वास्थ्य सामग्री

काठमाडौँ । चीनको सिछुवान प्रान्तीय जनसरकारले अनुदानको रुपमा दिएको अत्यावश्यक स्वास्थ्य सामग्री आज काठमाडौँ आइपुगेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले सामाजिक सञ्जाल ट्विटरमार्फत् उक्त जानकारी दिएकी हुन् ।

चीनको केन्द्रीय सरकारले दिएकाे अनुदानका स्वास्थ्य सामग्री  लिन नेपाल सरकारले आफ्नै खर्चमा नेपाल वायुसेवा निगमको वाइडवडी जहाज बेइजिग पठाइरहेको छ । तर सिछुवान प्रान्तले भने आफ्नै खर्चमा स्वास्थ्य सामग्री काठमाडौँ पुर्याइदिएको हो ।

सिछुवान जनसरकारले ३.०६ मिलियन चिनियाँ युवान (५ कराेड ५८ लाख रूपियाँ) बराबरका झण्डै ४ टन मास्क, ४ टन पीपीइ,  थर्माेमिटरलगायतका स्वास्थ्य सामग्री पठाएकाे बताइएकाे छ ।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले केही समयअघि नेपाल, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंकाका विदेशमन्त्रीसँगकाे भर्चुअल बैठकमा नेपाललाई काेराेना महामारीविरूद्ध लड्न चीनका केन्द्रीय तथा स्थानीय सरकार एवम् विभिन्न संस्थाले अत्यावश्यक स्वास्थ्य सामग्री सहयाेग गर्ने जानकारी दिएका थिए । साेही प्रतिवद्धताअनुसार सिछुवान जनसरकारले उक्त सामग्री उपलब्ध गराएकाे हाे ।

सिछुवान र लुम्बिनी प्रदेशबीच भगिनी प्रान्तकाे सम्बन्ध छ । त्यसैगरी सिछुवान प्रान्तकाे सदरमुकाम छन्तु नगरपालिकासँग काठमाडाैँ महानगरपालिका तथा यिपिङ नगरपालिका र कान्च प्रिफ्रेक्चरकाे पाेखरा महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित छ ।

छन्तुमा स्थापना हुन लागेकाे नेपाली महावाणिज्यदूतावासकाे उद्घाटनकाे तयारी अन्तिम अवस्थामा पुगेकाे छ ।

One thought on “चीनको सिछुवान प्रान्तीय सरकारले काठमाडौँ मै ल्याइदियो एक जहाज स्वास्थ्य सामग्री

  1. China’s good work (Humanistic Work) for the Nepalese People. Good neighbor is that who helps in necessity, misery, and hard time.

Leave a Reply

Your email address will not be published. Required fields are marked *