काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवबीच वर्तमान सरकारमा सहभागी नहुने बरु आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने समझदारी भएको केहीबेरमै फेरि विवाद सुरु भएको छ ।
ठाकुर पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको पत्र संसद सचिवालयमा दर्ता गरेपछि विवाद फेरि देखिएको हो । अध्यक्ष ठाकुरले महतोलाई संसदीय दलको नेता चयन गरेको पत्र सचिवालयमा दर्ता गरेपछि अर्का अध्यक्ष यादवले त्यो पत्र आधिकारिक नभएको भन्दै अर्को पत्र संसद सचिवालयलाई लेखेका छन् ।
यो पनि
आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने जसपाका अध्यक्षद्वय ठाकुर र यादवबीच सहमति


