अफगानिस्तानमा बम राख्दै गरेका तीन तालिबान लडाकूको विस्फोटमा मृत्यु

सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिबान लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । प्रान्तका सुरक्षा अधिकारीका अनुसार सो सडकको छेउमा तीन जना तालिबान लडाकूले बम राख्दै गरेका थिए ।

अफगानिस्तानमा तालिबान लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । तर आज भने उनीहरु बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्नेमध्येका तीन जनाको ज्यान गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *