सेनाद्वारा बुटवल र भैरहवाका अस्पतालमा अक्सिजन हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले भैरहवा र बुटवलका अस्पताललाई ४० सिलिण्डर अक्सिजन उपलब्ध गराएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)का अनुरोधमा सेनाको २८ नम्बर बाहिनीले बाराको सिमरामा संकलन गरेको अक्सिजन हेलिकोप्टरद्वारा ढुवानी गरी बुधबार हस्तान्तरण गरेको हो ।

भैरहवास्थित भीम अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनका कमीबाट बिरामी उपचारमा समस्या आएपछि सिमरामा संकलित अक्सिजन ती दुवै अस्पताललाई आज साँझ हस्तान्तरण गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यसअघि सेनाले लामो समयदेखि बन्द पनौती र थानकोटस्थित अक्सिजन उद्योग दक्ष प्राविधिक जनशक्ति खटाएर सञ्चालनमा सहयोग पुर्याएको थियो । सेनाले अक्सिजन ढुवानीमा समेत सहयोग पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *