अक्सिजनको खपतबारे जनतालाई जानकारी गराउन माओवादी नेता शर्माको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अक्सिजनको खपतबारे सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत शर्माले काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको तर उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ भन्ने कुरा जानकारी गराउन माग गरेका हुन् । उनले राज्यसँग भएका सम्पूर्ण श्रोतसाधन प्रयोग गरेर जनताको जीवन रक्षा गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ । उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ? क्षमता वृद्धि गर्न नसकेपनि उक्त अक्सिजनको खपतबारे जनतालाई जानकारी गराइयोस् । राज्यसँग भएको सम्पूर्ण श्रोतसाधन ४ वटा जहाजहरु समेत प्रयोग गरि संभव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस् । म जनताको जीवन रक्षा गर्न आपनो ठाउँबाट सम्पुर्ण सहयोग गर्न प्रतिबद्ध छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *