काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा लगाएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने भएको छ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि पर्सि बुधबार मध्यरातसम्मका लागि जारी निषेधाज्ञा अर्काे १५ दिन थप्ने निर्णय गरिएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको सोमवार बसेको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेकाे जनाइएको छ ।
निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको भोलि बैठक बसेर त्यसबारे औपचारिक निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिए ।
संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार पनि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको निर्णय गर्न सक्छन् । उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरिएको थियो । पहिले एक साताका लागी जारी गरिएको निषेधाज्ञाको समय यसअघि नै वैशाख २९ सम्म थपिएको थियो ।
