प्रचण्ड र देउवाबीच बुढानिलकण्ठमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ दुई नेताबीच भेटावार्ता भएको हो ।

कांग्रेस सभापति देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । भेटमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन, प्रधानमन्त्रीले विश्वासको मत, नयाँ सरकार गठनलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

केही दिनदेखि ओली इतरका दलहरुले राजनीतिक भेटघाटलाई तीब्र बनाएका छन् । बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र देउवाबीच भेटवार्ता भएको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि बुधबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

प्रधानमन्त्रीले देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर देउवाले विश्वासको मत दिन नसक्ने जवाफ ओलीलाई दिएका थिए ।

ओलीको विश्वासको मत विफल पार्न र नयाँ सरकार गठनका विषयमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्षबीच घनिभूत छलफल भइरहेको छ । त्यसैगरी जनता समाजवादी पार्टी पनि ओलीको विपक्षमा एकमतका साथ उभिने निर्णयमा पुगेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *