थप ८९७० जनामा कोरोना संक्रमण, ५४ को मृत्यु, २७०७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८९७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८९७० जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १ सय जनामा संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६८५८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २७०७ जना संक्रमणमुक्त भएका छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २९२४९० पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५२९ पुगेको छ । क्वारेन्टाइनमा ३१४ जना छन् भने आइसोलेसनमा ७२५६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *